हेर्दै गर्दा लण्डन bridge
हेर्दै गर्दा लण्डन bridge , आफ्नो गाऊको पुल सम्झे .
सुबेबस्तिथ सहर देख्दा नेताजी को हुल सम्झे .
उम्लेको छ रगत मेरो एकै माटो अन्तर भेट्दा
खियौदा दश नंग्रा गाऊको भोको पेट सम्झे .
खोक्रो सानमा कहिले सम्म गर्व गर्ने नेपाली हो
घरको यादले सताउदा नेताजीको आचार सम्झे
मेटिन म तयार आमा तिम्रो हासो आउथ्यो भने
भताभुङ्ग घर देख्दा तेही सहिदको रगत सम्झे
कति आए मौका येहा अन्तिम पटक भन्दै यो
पोख्दा रगत परदेशमा मेरो चन्द्र सुर्य सम्झे
भोक लाग्यो भन्दै रुन्छन जब जब छोराछोरी
भ्रस्ट नेता भ्रस्ट साशन त्यहि पुरानो खुकुरी सम्झे
No comments:
Post a Comment