Wednesday, 14 December 2016

आँफै लुटिदा सम्म चुप छम हामी

बुद्ध जन्मेको मेरो देश 
आज स्थाई शान्तिको लागि तड्पिरहेछ।
सगरमाथा भन्दा चुलिदो यहाँको गरीबि छ
नारायणी भन्दा गहिरो यहाँ भ्रस्ट्रचार छ।
महान त केबल ईतिहास थियो,
आज महानताको फेवामा कर्कस ले ढाकेको छ
आज बेरोजगारिले मेरो देश पीडित छ,
जसरी HIV को सन्क्रमन हुन्छ।
आज मेरो देशको हर युवा या त
, कतार मा गास सँग आफ्नै लासको मुल्य चुकाइ रहेछ
या त आफ्नो फाटी सकेको चप्पल घिसार्दै श्रम मन्त्रालयको दैलो चाहर्दै छन
या त बेरोजगार को cirtificate लीएर आफ्नो तक्दिर लाई सराप्दै बशिरहेका छन
विश्व कहाँ पुगी सक्यो अझै पनि मेरो देशको झन्डा मुनी अध्यारोनै छ।
रुन मन लाग्छ, कराउन मनलाग्छ, पोल्छ यो छातीमै त्य्यो सडकमा बलेको टाय र ले , आफ्नै भविस्य मा तेजाब खनाउने पार्टिका झन्डा बोकिरहेका छन , सबै छ र पस्ट छ यहाँ, तर गल्ती कस्को, ?
यहाँ राष्ट्र भक्त राज नेता कोही जन्मेन
यहाँ देश दुख्ने नेता शिहदरबार सम्म पुग्नै पाएन
देश सधैं स्याल हरुको बिच मा तड्पी रहेको रगत्याम्म शिकार भयो
कसैलाई दुखेन देश यहाँ,
शायद, दुख्थ्यो होला, यदी महान नाएक हरुका महान सन्तान हरु पनि कतार को खाडीमा, आफ्नो मृत्‍युको च्यादर ओडेर आफ्ना सन्तानको भोक मेटाउने लडाईं लड्दै हुन्थे त
तर अफ्सोच, हामी कहिलै इमन्दार भएनम, अफु प्रती, अनी राष्ट्र प्रती,
परिवर्तन आफ्नै जीवनकाल मा भन्दै हिंड्ने हरु पनि धेरै नै छन, तर खै आधार खै त?
आँफै लुटिदा सम्म चुप छम हामी, मात्रा आउछ टायर जलाउन, बन्द हड्ताल र तोड्फोड मा सबै भन्दा अगाडि छौ।
तर हामी मा त्यो बोध छैन कि त्यो टायर सँग हाम्रो भबिश्य जलिरहेछ।
र अझै अर्को पुस्ता तयार गर्दै छम हामी,
फेरी हामी जसरी मुग्लान पस्न।
फेरी कतार मा आगो पिउन, अनी आफ्नो रगत बेच्न।
अनी बेलुन झै हाम्रो खोक्रो स्वाभिमान मा गर्व गर्दै वीर नेपाली को ताज पहिरिन।.................

****Dream London*******

****************************Dream London*************************
बिगत अनि वर्तमान , हिजो अनि आज , भोग्दा र फर्केर हेर्दा धेरै अनि धेरै फरक देख्छु .
हिजोको म र आजको म मा धेरै भिन्नता भेट्छु .
समयको फगत आलोचना देखि आफ्नै आत्मा भित्र को नाय्नो सम्म अनुभूति पाएको म मेरो आत्मा ले खोजेको भोलिको पर्खाई मा बेग्र छु .
जीवन येस्तै रहेछ , भर्खर विवाहित एक नारी ले बेरेको साडी जस्तै रहेछ , एता तान्यो उता मिल्दैन , उता तान्यो एता मिल्दैन . 
सबै लाई खुसि बनाउन खोज्दा आफै रुनु पर्ने रहेछ यो संसार मा .
तर पनि म हासेकै छु .जित्न लड्दा लडिञ्छ भने के नै गरौ र खै .....जसले जति ठुलो आरोप म माथि थोपरे पनि एउटा कुरा मेरै आत्मा लाई थाहा छ, म कति भिजेको छु र कति ओभानो छु .

नन्दप्रसाद्

नन्दप्रसाद्को मरेको न्याय ,
इतिहासमै गर्ब गर्ने हाम्रो परिस्थिति ,
म जस्ता खाडीमा लखेटिएका लाखौं युवा हरु ,
खाडिमा दसौं बर्ष मुक्तिको प्रतीक्षा गरेका अभागी गोर्खेहरु ,
अनि कर्णाली का भोका पेटहरु लिएर ,
बडादशैको हर्ष बाडिरहेछ बालुवाटार .....

19 May 2015 को एउटा बिचार-पर्देशीको

बिहानै anniversary का शुभकामना हरु देखे , एक्कै छिन् खुसि लाग्यो , बिस्तारै मन मा बादल लाग्यो ,

देश मा केहि गर्न नसकेर बिदेसिएको म एउटा परदेशी ....भोक लाग्दा खान त पाइन्न, मन लाग्दा हिड्न पाइदैन . इस्टमित्र , चाड पर्ब , साथीभाई त सबै त्रिभुवन विमानस्थल मै छोडेर आउन पर्दो रैछ .

जिन्दगि त भोलिको लागि साचेर बाचेको हुन्छ एउटा परदेशी . आज त उसको मात्र काम ...काम अनि काम हुन्छ .


एउटा परदेशी को १ दिन मा मात्र काम र कोठा हुदो रैछ . facebook को मिथ्या हासो र खुशी मा Like बटुल्ने हरु पनि थुप्रै छन् येहा तर त्यो त आफ्नो आखा बन्द गरेर संसार अध्यारो छ भने जस्तै हो येहा . खल्ती भरि पैसा बोकेर भोकै सुत्नु पर्छ येहा . मंगल ग्रह को समाचार हेर्दै आफन्त हरु संगै टाडा बस्नु पर्छ येहा. जम्मा २० किलो मात्र सामान लीयर आउन पाउने नियम ले आफ्नो लागि दया माया र करुणा त परदेश सम्म ल्य्याउन नै पाइदैन . समानता मा , निचारी सके को कागती जस्तै हो पर्देसी जिन्दगि - निराश अनि निरस .

समय बित्दै जादा मान्छे परिस्थिति संग ढल्दो रैछ . तेसैले कोहि पागल हुदैन नभए त यो पल पल को यातना ले मान्छे हरु बौलाई सक्थे होला येहा. भोलि लाइ मात्र बचेको एऔटा परदेशीको मन कसै ले बुज्न नसक्ने रहेछ .देश फर्किय पनि सबै ले सजिलै औला उठाउन सक्ने पात्र बन्दो रहेछ परदेशी . जसरी एक प्याशे ले अरु कसै को प्य्याश बुझौन सक्दैन तयेसरि नै आफु खुशी नभए पछि कसलाई पो खुशी पार्न सकिदो रहेछ र . सधै सबै मा समर्पित यो परदेशी को जिन्दगि रहेछ . दैब ले सबै राखेर अलि कति खुशी राख्न बिर्सेको जिन्दगि , सबै राखेर नुन नहाले को तरकारी को जस्तै छ स्वाद -परदेशी

********जिन्दगी खै के जिन्दगी*************

जिन्दगी खै के जिन्दगी ,

तुवालो मा लुकेको एक रहस्य ,

मेरै घर मा फुलेको कागती को फुल ।

खुशी थिय म , फुले पछी कसो नफल्ला ,

यो हावा यो हुरी अनी आधी,
नसकी शहन , झरे सरी छत भरी ।
कसरी पत्याउनु कि आज आकाश खस्यो रे ,
कसरी पत्याउ आज , धर्ती हिल्यो रे ।
मेरो मन मा फुलेको त्यो फुल ,
आज फेदै बाट चुडेछ ,
आज यो श्वास नै भारी भारी छ ।
एउटा रहस्ये भित्र हराएको हिजो ,
सबै छरपस्ट छ , सबै निरस छ

RIP ब्रो .... ।

.

Wednesday, 21 August 2013

हेर्दै गर्दा लण्डन bridge



                                                              हेर्दै गर्दा लण्डन bridge



हेर्दै गर्दा लण्डन bridge , आफ्नो गाऊको  पुल सम्झे .
सुबेबस्तिथ  सहर देख्दा नेताजी को हुल सम्झे .
उम्लेको छ रगत मेरो एकै माटो अन्तर भेट्दा 
खियौदा दश नंग्रा गाऊको भोको पेट सम्झे .

खोक्रो सानमा कहिले सम्म गर्व गर्ने नेपाली हो 
घरको यादले सताउदा नेताजीको आचार सम्झे 
मेटिन म तयार आमा तिम्रो हासो आउथ्यो भने 
भताभुङ्ग घर   देख्दा तेही सहिदको रगत सम्झे 

कति आए मौका येहा अन्तिम पटक भन्दै यो 
पोख्दा रगत परदेशमा मेरो चन्द्र सुर्य सम्झे 
भोक लाग्यो भन्दै रुन्छन जब जब छोराछोरी 
भ्रस्ट नेता भ्रस्ट साशन त्यहि पुरानो खुकुरी सम्झे 

Friday, 11 May 2012

लण्डन र म, आफ्नो रंग फेर्दै ....

                                                            लण्डन र म, आफ्नो रंग फेर्दै ....

Tuesday, 17 January 2012

सपनाति हजार यहां मिथ्या भैइ गए...........

सपनाति हजार यहां मिथ्या भैइ गए
देखेंति फगत् यहां जन्जिर् भैइ रहे
निन्द्राकस्तो लिए मैले म्रुत्तु जस्तै भयो
आशा दिप जिन्दगिकै सबै अस्ताई गए
मुटुभित्र डेरा जमाई, मुटु फोडि गयौ
स्वर्थिरैछ तिम्रो माया बिचमै छोडि गयौ
देखेकाति सपना सारा चट्याङ् सरि रहे
अन्तै खुशि देख्यौ तिम्ले म त मरिगए

निस्ठुरि त्यो तिम्रो मन् कति रोए म
सक्दिन म अझै रुन, म्रुत्तु छोए म

Saturday, 7 January 2012

तिमी लाई जन्म-दिन मुबारक

जल्दै छु प्रिया म,
गल्दै छु याद मा ।
चिच्याउछु, कराउछु बेहोशिमै
, तिमीलाई भेट्दिन साथ मा
घातैघातको खातमा छोडिजाने तिमी,
तर नि तिमी लाई खोज्ने,
यो पागल दिल ,
आज फेरी रोइरहेछ ,
मलाई भात्काए पनि,
जलाई खरानी बनए पनि,
प्रिय,
फेरी आज तिमीलाई मुबारक्
,तिम्रो जन्मदिनको ,
मलाई कहिको नछोड्ने तिमी
,बदनमिको हार मैलाई पहिराएनि
प्रिय,
तिमीलाई खुशीको मुबारक
तिमीलाई तिम्रो जन्मदिन मुबारक्
यो चोटैचोटको मरुभुमी बाटै ,
तिमीलाई मेरा सबै खुशी मुबारक ,
दैबले दाहिने नभएको म,
के थाह्................
अन्तिमपल्टै तिमीलाई तिम्रो,
जिन्दगी मुबारक ,
मलाई जलाई न्यानो ताप्ने तिमी
मेरी काली ,
तिमी लाई जन्म-दिन मुबारक

Wednesday, 4 January 2012

झर्दै गर्दा तारा आज रोए सम्झेर्

झर्दै गर्दा तारा आज रोए सम्झेर
सिरानीको तस्बिर फेरी छोए सम्झेर
दुश्मनलेनि नगर्ने त्यो घात गर्‍यौ कालि
पुछे सारा आशु तिम्रै रुमाल सम्झेर

खुशी हुने मेरा सबै आधार हरु भात्काएनि
पागल भए चुमेकाती अधर सम्झेर
चुप्प तिमीले चुम्थेउ काली एकान्तमा भेट्टाउदा
होस मै छैन खर्चैकाती प्रहर सम्झेर

मुर्छा पर्छु सपनाकै शेहेर  सम्झेर
\\  दिल्मै बसी दिएको जेहेर सम्झेर  //



Saturday, 31 December 2011

जिन्दगी नै लुटेर गइस् नि २०११......

जिन्दगी नै लुटेर गइस् नि २०११
मलाइ एक्लै पारिस् नि २०११
मुटु जलाइ मलाइ एहा,
आफु रमिस् नि २०११,

घाउं दिई मलाई निको नहुने,
आफु ठुलो बनिस् नि २०११ 
मलाई लुट्नु लुटिस्नि बरै,
किन आउदैछस् नि २०१२

बाकि केनै छ र म सँग अब
लगिस् तैले नै मेरा खुसि सब
मेरो घरको मैरिमा ढल्न मात्र बकि म,
एहि मेरो एउटै इक्षा पुरा गरिदेन २०१२।
घाउं दिई मलाई निको नहुने,
आफु ठुलो बनिस् नि २०११

Wednesday, 14 December 2011

मृत-घोष

चिशा शित झै रहर मेरा,
आज बिहानै मलाई,
मृत घोषित गरिरहेछन्,
जुवाको खाल झै,
रित्तिएको मेरो जिन्दगि,
मैदनमा पल्टिएको,
एउटा लाल-शेनाझै,
बे-मौत मारिए,
आज एसरि एक्लिए,
केबल छांया छ म संग,
मैदान् को एक लाल सेना म
भलै,
मेरो लडाईमा राष्ट्र थिएन तर नि,
त्यो लडाइ मेरा लागि जिवन थियो,
मैले धावा बोलि सकेको थिए,
र त अडिग थिए,
यो प्रेम देखि,
जस्लाई तिमिले युद् बनायौ।
यो उजाड रंगमन्चमा उभिएर,
हे पत्थर,
जहां तैले तिनै सपना देखाइस्,
म त्यहि आफ्नो
म्रुत्यु-घोष गरिरहेछु।
तिनै परिक्षामा जल्दा-जल्दै,
मक्किसकेको मेरो 'म'
सुस्ताउन चाहन्छ।
थाह छ मलाई,
तँसंग कुनै शब्दछैन,
त्यसैलेत,
तं प्रतिकुनै गुनाशो छैन।
म जलिरहेको रंगमन्चमा,
तैले देखाएका सपनानै,
हर्ष बाढि रहेछन्,
मेरो प्रेमलाई युद् करार दिने तं,
मलाई जिउदै जलाउने तं,
लड्ने थिए दुनिया संग,
तिमिलाई रोक्ने समाज त केहि थिएन,
तर पनि तिमि मौन भयौ,
र त चुस्कि लिदै बस्यौ।
त्यहि रंगमन्चमा,
म आफ्नो 'म्रुत्यु-घोष' गरिरहेछु।

रुदैरुदै बाच्नु पर्ने मुग्लानिको भुमि रैछ

रुदैरुदै बाच्नु पर्ने मुग्लानिको भुमि रैछ
संजाययो ठुलोयहां प्रदेशिको  जुनि  रैछ
भोक प्याश केहिछैन केवल मनको डाह मात्र
भेट हुने कहिल्लै होइन केवल मनको चाह् मात्र

अभाबको हुरि चल्दा उछिटिए प्रदेशमा
हरपल मर्नुपर्दा येहा पिडाले मन छुने रैछ
फुलबुट्टा कुदियको बस्तविक जहेर हो
रोदन र चित्कारले भरिएको सहर यो।

संगाल्दैमा सकिने यो प्रदेशको डलर कस्तो
आफैलाई डस्ने यो केबल मिथ्या स्वप्ना रैछ
नपरोस् बैरिलाईनि बनवाशयो रोई काट्न
रुदैरुदै बाच्नु पर्ने मुग्लानेको  भुमि रैछ





Sunday, 11 December 2011

कालि एउटै प्रस्न तिमिलाई..........

कालि एउटै प्रस्न तिमिलाई,
म बाट यि पाप किन गरायौ?
आखिर किन र किन म नै?
कस्तो बुद्दु रहेछु म,
तिम्रो जाल जान्न सकिन,
चिन्न सकिन तिमिलाई,
निष्पट अध्यारोमा ज्योति थियौ,
त्यसैले घुडा घोटि घोटि पछि लागे,
देखायौ दिवा स्वप्ना उज्यालोको,
जतिबेला,
जतिबेला जिवन संघर्षमा थिए,
हो त्यतिबेला,
तिमि बर्शियौ एउटा सपना बनेर,
यो उजाड मरुथलमा शित बनेर,
दिन्छु भन्यौ खुशि,
सुम्पियौ सर्वस्व आफ्नो,
र त मेरै सर्वोस्व लुट्यौ,
हो कालि,
एउटै प्रश्न तिमिलाई,
जुन् अन्तिम पनि,
कस्तो दियो बन्यौ अध्यारोमा,
जलाई सारा राख गर्यौ,
छोड्यौ त्यहा,
जहां ,
न फर्कने सहाश गर्न सक्छु,
न चाल्न कुनै पाइलानै,
खायौ किन ति मिथ्या कसमहरु,
ति फगत् वाचाहरु,
ति झुटा आशुको आडमा,
जिवन आशु आशु बन्यायौ,
एउटै प्रस्न तिमिलाई,
म बाट यि पापहरु किन गरायौ?
हो कालि,

Thursday, 8 December 2011

बाबुराम निदाउन्नस् रे आजभोलि.......

ए,
बाबुराम निदाउन्नस् रे आजभोलि,
त्यहि सपनाको डरले, जँहा,
शहिद हरुले प्रस्न त्यर्शाउनै छन्,
जँहा गुलियो त्यहि भुलियो,
तँ पनि भुलिस् अरे,
सुन्दैछु आजभोलि तँ निदाउन्नस् अरे,
एउटै आशा थिइस जनताको,
त्यहि,
हो त्यहि जनता मार्नैकै लाठि भइस् रे,
सुन्छु बाबुराम् सत्य यहि हो रे,
हजार सपना सँग रगतको भाउ गरैर,
ल्याएको यो बिहनिमा,
 जनता झन् देख्नै छोडै रे,
लाग्याथ्यो बाबुराम् ,
न्याय गोर्खाबटै आउने छ,
सोच्याथ्यो बाबुराम्,
सुरुवात् तैं बाट हुनेछ,
फगत् दिवा स्वप्ना त होइनौ,
आज नेपाल आमा सुस्ताउदै छिन्,
हो बाबुराम्,
 आज नेपल आमा सुस्ताउदै छिन्,
तेरै औचित्य माथि नै,
या भनौ आफ्नै भबिश्य माथि नै,
देश थिलो थिलो भएका बेला,
गिद्द् हरु बुर्कुशि मरिरहेका बेला,
सन्जिवनि मनिएको तँ, कतै,
एजरु झार त होइनस् ,
रुदै छन् नेपाल  आमा,
तेरै पाइलामा छांट नदेखेर,
हो बाबुराम्,
सुन्दैछु आज भोलि त निदाउन्नस् रे,
चर्किदै छ रे त्यो घाउ फेरि,
त्यो हात म पकड नदेखेर,
हो बाबुराम्,
अन्तिम् परिक्षा हो यो,
अनि अन्तिम् प्रस्न पनि,
तिमिले तोड्नै पर्छ सबै बन्धन्,
र त तिमि सन्जिवनि मनिने छौ,
नंगाउनु पर्ने छ, बटाका काडालाई,
त्यो शिखर चुम्दैगर्दा,
आमा माथि न्याय तैले गर्नै पर्छ,
हो बाबुराम्,
सबै छोराहरु नलाएक भएका बेला,
त, सन्जिवनि बन्नै पर्छ।