Wednesday, 30 November 2011

चिता र बगरको सम्झना मा..............

खोजी चिताको,
बगरको यात्री म अनवरत,
एक्लिएको एउटा गर्जन ,
जहाँ आवाज छैन, र त खोजी छ,
एउटा चिताको, एउटा बगरको,
आफ्नै सपनाले च्यातिएको म,
आफ्नै रोजाईमा एक्लिएको म,
असफलताका सातै रङंमा,
रंगिएको एक्लो जिवन,
यो बुढो जिवन,
जहाँ हर पाहिला,
गन्तब्य लिन्छन् असफलता कै,
अब यस्तो यात्रामा जहाँ,
म पक्कै सफल हुनेछु।

पुग्नेछु त्यहाँ,
जहाँ कोहि सझिएर
मेरै बाटो हेरिरहैको हुनेछ,
सझिएको हुनेछ, मेरो विश्व,
केवल मेरा लागि,
एउटा  यस्तो पाहिला,
तिम्रो कामना छ जुन म सगँ,
त्यसैले त म नतमष्त छु,
विश्व उर्जा बनिरहेछ येहा,
मेरो यो यत्रामा,
यो बगरको यत्रामा,
हजारौ सपनाको उडानमा,
काकाकुल झै बनेको म,
असफलताका खातैखात  मथिको,
चोटैचोटको विस्कुन पुग्नेछ एक दिन,
मेरो गन्तब्य थला मा,
जहाँ मेरो विश्व सजिएको हुनेछ,
मेरै प्रतिक्षा मा


हो,
त्यही हो मेरो अबको विश्व ,
पुग्नेछु अवश्य छिट्टै 
यात्रा मा जो छु बगरको,
आज भाबबिभोर छु,
त्यही चिता र बगरको सम्झना मा,
मेरो अन्तिम विश्व्को सम्झना मा ।

Tuesday, 29 November 2011

जन्मदिन् को कामना छ बैनी काली लाई

लाखौं लाख कामना छ तिम्लाई सुख को
नपरोस् है कहिल्लै नि, छायां दुख को
सधै भरि हास्नुखेल्नु, अशिस तिमिलाई
खुसि दिनु तिम्ले सधै, जन्म दिनेलाई

छुच्चि मेरि कलि बैनि, तिम्रो जन्मदिन
प्रगतिको शिखर चढ्नु हुदै तिमि लिन
एउटा ठुलो अशा तिमि सधै चम्किनु
छुनु छ नभ तिम्ले, सधै लम्किनु

जन्मदिन् को कमना छ बैनि कलि लाई
फुल जस्तै फुल्नु तिमि ढाक्नु डालि लाई
जन्मदिन् को कामना छ बैनी काली लाई

Wednesday, 23 November 2011

शिंहदरबारका देख्ने अन्धा हरु हो.........

सम्झिन्छु आज,
भत्केको त्यो घर
अनि जलेका ति मानब मन 
ति बस्ती र ति गल्ली ।
भोक नै जहाँ सब थोक छ,
परिवर्तन जहाँ पटक्कै रोक छ।
जहाँ सना नानी हरु,
बाबा भन्न नपाउदै,
आमा चिन्न नपाउदै,
चिशा सडकका,
अभिन्न बाशिन्दा बन्छन्,
त्यही, हो त्यही,
पुल बन्दै छ रे,
समर्पणको,
आत्मसमर्पणको,
आज नारा लाग्दै छ रे,
समानताको,
अनि मानबियताको,
हे,
शिंहदरबारका देख्ने अन्धा हरु हो,
अब त लाज मानिदेउ,
अब त ब्युझिदेउ,
यो चिर निन्द्राबाट,
कति लुट्छौ हे देशलाई,
कति वाध्यहुनु पर्नेहो हामी युवा,
मुग्लान मा आफ्नो रगत बेच्न,
कति डस्न सक्छौ हे प्रभु हरु यो देशलाई,

जहाँ सबै भएरपनि केही छैन ।
यो युवा खुन कति पोखिने यो मरुथल मा
उज्यालो ईतिहास को मात्र पाठ पढाईने,
तिम्रो पाठशाला मा,
जब अध्यारो भविश्य को,
बर्तमान यथार्थ झुल्किनेछ्,
शिंहदरबारका देख्ने अन्धा हरु हो,
तिम्रा सबै पापको हिशाब हुनेछ,
आफ्नै आमा लाई नंगाउँने भ्रस्टहरुहो,
जल्नेछौ तिमी,
एकदिन जसरि देश जल्दैछ आज,
हे,
अब त लाज मनिदेउ,
अब त अघाईदेउ,
देशको तिघ्रामै लागेका परजिबी हो,
शिंहदरबारका देख्ने अन्धा हरु हो......... 

Tuesday, 22 November 2011

आमा मेरि तिमि फेरि रुन अब पर्नेभयो

आमा मेरि तिमि फेरि रुन अब पर्नेभयो
तिम्रो छोरो प्रदेशमै भोकभोकै मर्ने भयो
छट्पटि यो हरेक पलको, रापकस्तो दर्दनाक
सहन यो नसकेर, जिवन मेरो रित्तिने भो।

कत्ति रोयो तिम्रो मन, छोरो यो बिदेशिदा
अझकस्तो भाको होला म एतै निश्शासिदा
भोलिहोला भन्दैबसे भोलि कहिल्लै आएननि
लाख कोशिस गरे आमा टेक्नेठाउ पाइननि

रुनमात्र लेख्यारैछ तिम्रो मेरो भाग्य आमा
त्यहि भाग्यलाई सोधै आमा, छोरो मेरो गयो कहां
त्यहि प्यारो सपनाको चितामथि जल्दैछु म
सकिन म टैक्नकतै, आमा रुदै ढल्दै छु म

बनबाश यो जलनमै जिवन कति छोटो भयो
जित्छु भन्थे संशार आमा आज आफ्नै मनमर्यो
माफि महिले पाउन्ननै चोटमाथि चोट थपे
सकिन भो आमा मैले जिवन मेरो एतै सके
                                                                                     प्रदैशिको पिडा

Monday, 21 November 2011

सक्दिन प्रिया

सक्दिन प्रिया,
हो सक्दिन म अझै रुन,
यो कमजोर मुटु,
अनि सिशा जस्तै फुटेको
मेरो भाग्य,
हो मेरो भाग्य आज,
आज मै संग माफि मागिरहेछ,
सन्दर्भ म मरेको यो रात,
कहिल्लै थिएन,
बिश्वाश भाग्य मा मलाई
त्य्सैलेत हरपल मरेको थिए
तिम्रै प्रतिक्षामा,
हो सपना,
तिमि त्यस्तो सपना बन्यौ
जुन् मेरो सपना केहेल्लै थिएन,
सम्जिन्छु ति पल हरु त म,
त्यसैले त मर्दैछु पल पल,
केबल चिच्याहट छ,
फुश्रि सकेका अखांमा,
मस्किरहने तिम्रै चित्र छ अझै,
कसम तिम्लाई तिम्रै सर्वस्वको,
जन्जिर थिएन त यो,
आउने थिए प्रिया,
मेरो न्याय माग्न तिमि संग,
सोध्न तिमिसंग ,
रोज्यौ तिम्ले त आफ्नो खुसि,
म के रोजौ भनेर,

तिमि ढुक्क बन प्रिया
यो लास को बिश्वश गर
तिमि सजिएर डोलि चढ
नाच, गाउ उल्लाश मनाउ,
तिम्रो डोलि संगै,
मन्द मन्द चढ्ने
त्यो मृत्त्यु,
कारक तिमि नै हौ भन्ने,
यो दुनिया अन्जान् नै रहने छ
जब मेरो सन्सार मैसंग दुब्दै जाने छ
लाग्नेछैन तिमिलाइ मेरो आशुं
हो प्रिय,
तिमि खुशि छौ म रोए त here i am..........के नै भो?
तिमि खुशि छौ म रोए त के नै भो?

Sunday, 20 November 2011

नाग बनि बिश डस्ने

नाग बनि बिश डस्ने कलि तिम्रो बनि रैछ
मेरो सामु  बगाउने आंखाको त्यो पानि हैछ
दिन्छु भन्दै सदै खुसि भाको पनि लुटि गयौ
आदत् तिम्रो चरि बनि टाढा  उडिजाने रैछ

प्रेम् जाल मा फसाएर आज आइ होइन भनेयौ
दुनिया को परिक्षामा मेरो प्रेम् छैन भनेयौ
क्रुर् तिम्रो त्यो आत्मा लाई चिन्न मानै भुल गरे
मर्ने बाच्ने कसम् संगै चिनजान नै छैन भनेयौ

सपना ति हजार् देखाइ सपना मै बीलाइ गयौ
निर्दोश् यो मुटु भित्र जहेर् आफ्नो मिलाइ गयौ
धेरै पर, धेरै ढिला आइ आज हुन्न भनेयौ
चरित्र त्यो आफ्नो आज सन्सार लाइ चिनाइ गयौ।।।

                                                                        उहि निस्ठुरि धोकेबाज को याद मा