Saturday, 31 December 2011

जिन्दगी नै लुटेर गइस् नि २०११......

जिन्दगी नै लुटेर गइस् नि २०११
मलाइ एक्लै पारिस् नि २०११
मुटु जलाइ मलाइ एहा,
आफु रमिस् नि २०११,

घाउं दिई मलाई निको नहुने,
आफु ठुलो बनिस् नि २०११ 
मलाई लुट्नु लुटिस्नि बरै,
किन आउदैछस् नि २०१२

बाकि केनै छ र म सँग अब
लगिस् तैले नै मेरा खुसि सब
मेरो घरको मैरिमा ढल्न मात्र बकि म,
एहि मेरो एउटै इक्षा पुरा गरिदेन २०१२।
घाउं दिई मलाई निको नहुने,
आफु ठुलो बनिस् नि २०११

Wednesday, 14 December 2011

मृत-घोष

चिशा शित झै रहर मेरा,
आज बिहानै मलाई,
मृत घोषित गरिरहेछन्,
जुवाको खाल झै,
रित्तिएको मेरो जिन्दगि,
मैदनमा पल्टिएको,
एउटा लाल-शेनाझै,
बे-मौत मारिए,
आज एसरि एक्लिए,
केबल छांया छ म संग,
मैदान् को एक लाल सेना म
भलै,
मेरो लडाईमा राष्ट्र थिएन तर नि,
त्यो लडाइ मेरा लागि जिवन थियो,
मैले धावा बोलि सकेको थिए,
र त अडिग थिए,
यो प्रेम देखि,
जस्लाई तिमिले युद् बनायौ।
यो उजाड रंगमन्चमा उभिएर,
हे पत्थर,
जहां तैले तिनै सपना देखाइस्,
म त्यहि आफ्नो
म्रुत्यु-घोष गरिरहेछु।
तिनै परिक्षामा जल्दा-जल्दै,
मक्किसकेको मेरो 'म'
सुस्ताउन चाहन्छ।
थाह छ मलाई,
तँसंग कुनै शब्दछैन,
त्यसैलेत,
तं प्रतिकुनै गुनाशो छैन।
म जलिरहेको रंगमन्चमा,
तैले देखाएका सपनानै,
हर्ष बाढि रहेछन्,
मेरो प्रेमलाई युद् करार दिने तं,
मलाई जिउदै जलाउने तं,
लड्ने थिए दुनिया संग,
तिमिलाई रोक्ने समाज त केहि थिएन,
तर पनि तिमि मौन भयौ,
र त चुस्कि लिदै बस्यौ।
त्यहि रंगमन्चमा,
म आफ्नो 'म्रुत्यु-घोष' गरिरहेछु।

रुदैरुदै बाच्नु पर्ने मुग्लानिको भुमि रैछ

रुदैरुदै बाच्नु पर्ने मुग्लानिको भुमि रैछ
संजाययो ठुलोयहां प्रदेशिको  जुनि  रैछ
भोक प्याश केहिछैन केवल मनको डाह मात्र
भेट हुने कहिल्लै होइन केवल मनको चाह् मात्र

अभाबको हुरि चल्दा उछिटिए प्रदेशमा
हरपल मर्नुपर्दा येहा पिडाले मन छुने रैछ
फुलबुट्टा कुदियको बस्तविक जहेर हो
रोदन र चित्कारले भरिएको सहर यो।

संगाल्दैमा सकिने यो प्रदेशको डलर कस्तो
आफैलाई डस्ने यो केबल मिथ्या स्वप्ना रैछ
नपरोस् बैरिलाईनि बनवाशयो रोई काट्न
रुदैरुदै बाच्नु पर्ने मुग्लानेको  भुमि रैछ





Sunday, 11 December 2011

कालि एउटै प्रस्न तिमिलाई..........

कालि एउटै प्रस्न तिमिलाई,
म बाट यि पाप किन गरायौ?
आखिर किन र किन म नै?
कस्तो बुद्दु रहेछु म,
तिम्रो जाल जान्न सकिन,
चिन्न सकिन तिमिलाई,
निष्पट अध्यारोमा ज्योति थियौ,
त्यसैले घुडा घोटि घोटि पछि लागे,
देखायौ दिवा स्वप्ना उज्यालोको,
जतिबेला,
जतिबेला जिवन संघर्षमा थिए,
हो त्यतिबेला,
तिमि बर्शियौ एउटा सपना बनेर,
यो उजाड मरुथलमा शित बनेर,
दिन्छु भन्यौ खुशि,
सुम्पियौ सर्वस्व आफ्नो,
र त मेरै सर्वोस्व लुट्यौ,
हो कालि,
एउटै प्रश्न तिमिलाई,
जुन् अन्तिम पनि,
कस्तो दियो बन्यौ अध्यारोमा,
जलाई सारा राख गर्यौ,
छोड्यौ त्यहा,
जहां ,
न फर्कने सहाश गर्न सक्छु,
न चाल्न कुनै पाइलानै,
खायौ किन ति मिथ्या कसमहरु,
ति फगत् वाचाहरु,
ति झुटा आशुको आडमा,
जिवन आशु आशु बन्यायौ,
एउटै प्रस्न तिमिलाई,
म बाट यि पापहरु किन गरायौ?
हो कालि,

Thursday, 8 December 2011

बाबुराम निदाउन्नस् रे आजभोलि.......

ए,
बाबुराम निदाउन्नस् रे आजभोलि,
त्यहि सपनाको डरले, जँहा,
शहिद हरुले प्रस्न त्यर्शाउनै छन्,
जँहा गुलियो त्यहि भुलियो,
तँ पनि भुलिस् अरे,
सुन्दैछु आजभोलि तँ निदाउन्नस् अरे,
एउटै आशा थिइस जनताको,
त्यहि,
हो त्यहि जनता मार्नैकै लाठि भइस् रे,
सुन्छु बाबुराम् सत्य यहि हो रे,
हजार सपना सँग रगतको भाउ गरैर,
ल्याएको यो बिहनिमा,
 जनता झन् देख्नै छोडै रे,
लाग्याथ्यो बाबुराम् ,
न्याय गोर्खाबटै आउने छ,
सोच्याथ्यो बाबुराम्,
सुरुवात् तैं बाट हुनेछ,
फगत् दिवा स्वप्ना त होइनौ,
आज नेपाल आमा सुस्ताउदै छिन्,
हो बाबुराम्,
 आज नेपल आमा सुस्ताउदै छिन्,
तेरै औचित्य माथि नै,
या भनौ आफ्नै भबिश्य माथि नै,
देश थिलो थिलो भएका बेला,
गिद्द् हरु बुर्कुशि मरिरहेका बेला,
सन्जिवनि मनिएको तँ, कतै,
एजरु झार त होइनस् ,
रुदै छन् नेपाल  आमा,
तेरै पाइलामा छांट नदेखेर,
हो बाबुराम्,
सुन्दैछु आज भोलि त निदाउन्नस् रे,
चर्किदै छ रे त्यो घाउ फेरि,
त्यो हात म पकड नदेखेर,
हो बाबुराम्,
अन्तिम् परिक्षा हो यो,
अनि अन्तिम् प्रस्न पनि,
तिमिले तोड्नै पर्छ सबै बन्धन्,
र त तिमि सन्जिवनि मनिने छौ,
नंगाउनु पर्ने छ, बटाका काडालाई,
त्यो शिखर चुम्दैगर्दा,
आमा माथि न्याय तैले गर्नै पर्छ,
हो बाबुराम्,
सबै छोराहरु नलाएक भएका बेला,
त, सन्जिवनि बन्नै पर्छ।