Sunday, 11 December 2011

कालि एउटै प्रस्न तिमिलाई..........

कालि एउटै प्रस्न तिमिलाई,
म बाट यि पाप किन गरायौ?
आखिर किन र किन म नै?
कस्तो बुद्दु रहेछु म,
तिम्रो जाल जान्न सकिन,
चिन्न सकिन तिमिलाई,
निष्पट अध्यारोमा ज्योति थियौ,
त्यसैले घुडा घोटि घोटि पछि लागे,
देखायौ दिवा स्वप्ना उज्यालोको,
जतिबेला,
जतिबेला जिवन संघर्षमा थिए,
हो त्यतिबेला,
तिमि बर्शियौ एउटा सपना बनेर,
यो उजाड मरुथलमा शित बनेर,
दिन्छु भन्यौ खुशि,
सुम्पियौ सर्वस्व आफ्नो,
र त मेरै सर्वोस्व लुट्यौ,
हो कालि,
एउटै प्रश्न तिमिलाई,
जुन् अन्तिम पनि,
कस्तो दियो बन्यौ अध्यारोमा,
जलाई सारा राख गर्यौ,
छोड्यौ त्यहा,
जहां ,
न फर्कने सहाश गर्न सक्छु,
न चाल्न कुनै पाइलानै,
खायौ किन ति मिथ्या कसमहरु,
ति फगत् वाचाहरु,
ति झुटा आशुको आडमा,
जिवन आशु आशु बन्यायौ,
एउटै प्रस्न तिमिलाई,
म बाट यि पापहरु किन गरायौ?
हो कालि,

No comments:

Post a Comment