Tuesday, 22 November 2011

आमा मेरि तिमि फेरि रुन अब पर्नेभयो

आमा मेरि तिमि फेरि रुन अब पर्नेभयो
तिम्रो छोरो प्रदेशमै भोकभोकै मर्ने भयो
छट्पटि यो हरेक पलको, रापकस्तो दर्दनाक
सहन यो नसकेर, जिवन मेरो रित्तिने भो।

कत्ति रोयो तिम्रो मन, छोरो यो बिदेशिदा
अझकस्तो भाको होला म एतै निश्शासिदा
भोलिहोला भन्दैबसे भोलि कहिल्लै आएननि
लाख कोशिस गरे आमा टेक्नेठाउ पाइननि

रुनमात्र लेख्यारैछ तिम्रो मेरो भाग्य आमा
त्यहि भाग्यलाई सोधै आमा, छोरो मेरो गयो कहां
त्यहि प्यारो सपनाको चितामथि जल्दैछु म
सकिन म टैक्नकतै, आमा रुदै ढल्दै छु म

बनबाश यो जलनमै जिवन कति छोटो भयो
जित्छु भन्थे संशार आमा आज आफ्नै मनमर्यो
माफि महिले पाउन्ननै चोटमाथि चोट थपे
सकिन भो आमा मैले जिवन मेरो एतै सके
                                                                                     प्रदैशिको पिडा

No comments:

Post a Comment