Wednesday, 23 November 2011

शिंहदरबारका देख्ने अन्धा हरु हो.........

सम्झिन्छु आज,
भत्केको त्यो घर
अनि जलेका ति मानब मन 
ति बस्ती र ति गल्ली ।
भोक नै जहाँ सब थोक छ,
परिवर्तन जहाँ पटक्कै रोक छ।
जहाँ सना नानी हरु,
बाबा भन्न नपाउदै,
आमा चिन्न नपाउदै,
चिशा सडकका,
अभिन्न बाशिन्दा बन्छन्,
त्यही, हो त्यही,
पुल बन्दै छ रे,
समर्पणको,
आत्मसमर्पणको,
आज नारा लाग्दै छ रे,
समानताको,
अनि मानबियताको,
हे,
शिंहदरबारका देख्ने अन्धा हरु हो,
अब त लाज मानिदेउ,
अब त ब्युझिदेउ,
यो चिर निन्द्राबाट,
कति लुट्छौ हे देशलाई,
कति वाध्यहुनु पर्नेहो हामी युवा,
मुग्लान मा आफ्नो रगत बेच्न,
कति डस्न सक्छौ हे प्रभु हरु यो देशलाई,

जहाँ सबै भएरपनि केही छैन ।
यो युवा खुन कति पोखिने यो मरुथल मा
उज्यालो ईतिहास को मात्र पाठ पढाईने,
तिम्रो पाठशाला मा,
जब अध्यारो भविश्य को,
बर्तमान यथार्थ झुल्किनेछ्,
शिंहदरबारका देख्ने अन्धा हरु हो,
तिम्रा सबै पापको हिशाब हुनेछ,
आफ्नै आमा लाई नंगाउँने भ्रस्टहरुहो,
जल्नेछौ तिमी,
एकदिन जसरि देश जल्दैछ आज,
हे,
अब त लाज मनिदेउ,
अब त अघाईदेउ,
देशको तिघ्रामै लागेका परजिबी हो,
शिंहदरबारका देख्ने अन्धा हरु हो......... 

No comments:

Post a Comment